१ कार्तिक २०८३, आइतबार | October 18, 2026

मुख्यमन्त्री कार्यालयमा छापामार शैलीमा छापा हान्नु आपत्तिजक : मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापाप्रति आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरेर अख्तियारको कार्यप्रति आपत्ति जनाएका हुन् । राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई फोन गरेर आयोगले मुख्यमन्त्री कार्यालयका फाइल नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री राउतले अख्तियारले ठीक ढंगले काम नगरेको आरोप लगाए । उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एउटा स्टेटको प्रमुखको कार्यालय हो । फायल माग्ने एउटा तरिका हुन्छ, ।’

अख्तियारको केन्द्र र बर्दिबासस्थित कार्यालयका अधिकृतहरुले बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेका थिए । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि दुई चरणमा गरेर २७ हजार २ सय ६२ थान साइकल खरिद गर्दा करोडौं घोटाला भएको उजरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो । पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेकोमा दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी दिइएको थियो ।

मुख्यमन्त्री राउतले संघीयता नचाहने तत्व सुरु देखि नै प्रदेशलाई बद्नाम गर्न जालझेलमा लागेको आरोप लगाए । उनले प्रदेश सरकारको काम मन नपार्नेले षड्यन्त्र गरेको आरोप लगाए । ‘सुशासनको सवालमा म आफैं ओपन व्यक्ति हुँ,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने, ‘तर अख्तियारको टोली छापामार शैलीमा आएर एउटा संस्थालाई नै बद्नाम गराउने किसिमले छापामारी गर्यो । मसँग फाइल मागेको भए म दिन्थें । यो सैह्य हुन सक्दैन ।’

 

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ५५ बजे

यसवर्षको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

काठमाडौं। फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर