२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सिलिचोङका पहिरो पीडितको एक वर्ष टेन्टमै बित्यो



संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका-१ का पहिरो पीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य भएका छन् ।

पहिरोले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घर परिवारले पुनस्र्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । पहिरो गएको एक वर्ष बितिसक्दा पनि पीडित घर फर्किएर बस्न पाएका छैनन् ।

गत वर्ष असार २८ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका-१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना अझै बेपत्ता छन् । पहिरोबाट विस्तापित भएको एक वर्ष बिते पनि पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । सरोकारवाला निकायले चाँसो नदेखाउँँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दा समेत पुनस्र्थापना गर्न तीनै तहका सरकारले चासो देखाएका छैनन् । पहिरोले घर बगाएका पीडितले ओत लाग्ने छानो समेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिरोको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीय हिरालाल राईले बताए । उता सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घर परिवारलाई खाँदबारी नगरपालिकामा पुनस्र्थापना गर्न लागिएको जानकारी दिए । उनले भने हामीले पीडितको इच्छा चाहना गरेका केही ठाउँमा पुनस्र्थापना गर्न लागेको बताए । त्यसैगरी २५ परिवारका लागि सिलिचोङ-१ मा रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य ५ परिवारलाई सोही क्षेत्र आसपास पुनस्र्थापना गर्ने तयारी भइरेहको बताए ।

पुनस्र्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेरर राख्ने प्रक्रिया सुरु गरेको बताए । गत वर्ष असार २८ गते रातिको पहिरोमा स्थानीय ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरी २१ वर्षीया एन्जिला राई र ११ वर्षीया नम्रता राई बेपत्ता भएका थिए । ६५ वर्षीया गोरीमाया राई र उनकी छोरी २२ वर्षीया प्रकृति राई पनि बेपत्ता भएका थिए । यस्तै ५२ वर्षीय जुद्धबहादुर राई ९माने०, उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, स्थानीय ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया पनि बेपत्ता भएका थिए । आजको राजधानी दैनिकमा भविन कार्कीले लेखेका छन ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ४६ बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले