१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

सकियो कोरोना बीमा अवधि



काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् ।

विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै कोरना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गरेर प्रतिव्यक्ति ५० हजार र एक लाख गरी दुई किसिमको बीमा लेखमार्फत बीमा गर्न सुरु गरेको थियो ।

यसरी गरिएको बीमाको दायित्व बेहोर्न एक अर्ब रुपियाँसम्मको दायित्व बीमकले, एक अर्बदेखि दुई अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले, दुई अर्बदेखि साढे दुई अर्ब रुपियाँसम्म बीमकको महाविपत्ति पुलबाट बेहोर्ने व्यवस्था गरेको थियो । त्यस्तै साढे दुई अर्बदेखि साढे तीन अर्ब रुपियाँसम्म बीमा समितिले र साढे तीन अर्ब रुपियाँभन्दा माथिको हकमा नेपाल सरकारले बेहोर्ने उल्लेख छ ।

हालसम्म बीमक, नेपाल पुनर्बीमा कम्पनी, बीमकको महाविपत्ति पुल र बीमा समितिले बेहोर्ने बीमा दाबी रकमको दायित्व पूरा भइसकेको र नेपाल सरकारको दायित्व बाँकी रहेको बीमा समितिले जनाएको छ । उक्त दायित्व बेहोर्न समितिले सरकारलाई पटकपटक अनुरोध गर्दै आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनका अनुसार सरकारले सात अर्ब रुपियाँभन्दा बढी भुक्तान गर्न बाँकी छ । उनी भन्छन्, “हामीले सरकारलाई पटकपटक अनुरोध गरेका छौँ । भुक्तानीको प्रक्रियामा रहेको छ । केही दिनमा भुक्तानी होला ।”

बीमा गर्न अनुदान उपलब्ध गराउँदा सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने तर सरकारी कर्मचारीको भने शतप्रतिशत बीमा शुल्क अनुदान सरकारले नै उपलब्ध गराउने कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख गरिएको थियो ।

बीमा समितिले २०७७ चैत ३० गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९१ हजार ६७३ जनाको बीमा दाबी भुक्तानीको फाइल परीक्षण पूरा भएको छ । त्यसमध्ये ६० हजार ५८७ जनाले पाँच अर्ब ८५ करोड १५ लाख रुपियाँ प्राप्त गरिसकेका छन् ।

चैत पछाडिको विवरण भने समितिले सार्वजनिक गर्न सकेको छैन । शनिबारको तथ्याङ्कअनुसार नेपालमा २५ हजार ९२५ कोरोनाका सङ्क्रमित देखिएका छन् भने नौ हजार ५२७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै छ लाख ३० हजार ४०७ जना कोरोनाका बिरामी निको भएका छन् । आजको गोरखापत्र दैनिकमा राधा चालिसेले लेखेकी छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २७ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै