२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जसपाको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जसपा संसदीय दलका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जनाएका छन् ।

प्रधानमन्त्री देउवाले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन् ।

संसद विघटनको समयमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा १२ जना मात्र रहेकोमा अहिले ५ जना थप सांसदहरु महन्थ ठाकुर पक्षबाट फर्किएका छन् । अब यादवसँग संसदीय दलमा समेत सहज बहुमत पुगेको छ ।

देउवाले आज विश्वासको मत लिएपछि बस्ने जसपा संसदीय दलको अर्को बैठकले दलको नेता चयन गरेर सरकारमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ०४ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको