१० बैशाख २०८३, बिहिबार | April 23, 2026

संघीय संसदको अधिवेशन सुरु, प्रतिनिधिसभामा प्रधानमन्त्रीले आजै विश्वासको मत लिने



काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आजबाट सुरु भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार संसद भवनमा अपरान्ह ४ बजे अधिवेशन सुरु भएको हो । राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु भएको छ भने प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ ।

अधिवेशन सुरु गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको जनाएका छन् । उनले भने, ‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ । प्रतिनिधि सभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ ।’

सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका छन् । सापकोटाले भने, ‘सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सम्मानित अदालतको फैसलाले पुनः स्थापित गरेको छ ।’

आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । पहिलो बैठकमा सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न मितिका पत्रहरु पढेर सुनाएका छन् । कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूर्व सरकारले जारी गरेका विभिन्न अध्यादेशहरु सभासमक्ष प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा भंग गरेकी थिइन । तर राष्ट्रपतिको कदम असंवैधानक भएको भन्दै सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बसाल्न गत असार २८ गते ऐतिहासिक फैसला गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ५७ बजे

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी राज्य प्रणाली : श्रम संस्कृतिको संविधान संशोधनमा सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीले बालेन्द्र सरकारले प्रस्ताव गरेको संविधान

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा

काठमाडौँमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ श्रेणीमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको