२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अदालतले संविधान संशोधन ग-यो , देउवा श्रीमान ५ बाट प्रधानमन्त्री बने : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमाथि आफ्नो पार्टीको धारणा राख्दै सचिव ज्ञवालीले सर्वोच्च अदालतले संविधानको धारा ७६ ५ को अधिक व्याख्या मात्र नगरेर संविधानलाई नै संशोधन गरेको आरोप लगाए ।

ज्ञवालीले अब धारा ७६ को उपधारा २ अनुसार सांसदहरु दलको ह्वीप नमानेर सिधै धारा ७६ ५ मा पुग्नेछन् । उनले भने, ‘धारा ७६ को १२३ मा भएको प्रधानमन्त्री धारा ७६ ५ मा उम्मेदवार बन्न नपाउने फैसला ? यस्तो पनि हुन्छ ? यो संविधान संशोधन नभएर के हो ?’ अहिले कसैलाई सन्चो भएपनि लोकतन्त्रको लागि यो फैसाल क्यान्सर भएको उनले जिकिर गरे ।

ज्ञवालीले शेरबहादुर देउवा पहिला श्री ५ बाट नियुक्त भएका थिए भन्दै अहिले श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरे । उनले भने, ‘०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेका हुन् ।’

ज्ञवालीले केपी शर्मा ओली सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको जिकिर गर्दै ओलीलाई जनताले सधैंभर स्मरण गरिरहने दाबी गरे ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५२ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको