१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दुईतिहाईको नजिकैबाट प्रधानमन्त्री बनेको एमाले अध्यक्ष ओलीलाई आफैले बनाएको मन्त्रीले साथ छोडे



काठमाडौं । दुईतिहाईको हाराहारारी सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफु सत्ताबाट बहिर्गमन भएर तत्कालिन विपक्षीदलका नेता प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवस्थामा पुग्दा सम्म आफैले मन्त्री बनाएका सांसदलाई समेत आफ्नो पक्षमा उभ्याउन सकेनन् । माओवादी केन्द्रसंग दुरी बढाउने कार्यबाट एक्लिन शुरु गरेका एमाले अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा पाएकाे ९३ विश्वासको मतबाट झर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा सम्म ८३ मतमा खुम्चिन पुगेका छन् ।

आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा ओली सरकारमा मन्त्री बनेका प्रेम आले सहित ८ जना सांसदहरु ओलीलाई छाडेर देउवाको पक्षमा उभिए । एमालेका जम्मा २२ जना सांसदले देउवालाई मत दिँदा ओली पक्षका ८ जना पनि ओलीको ह्वीप उल्लँघन गर्दै विपक्ष तिर उभिन पुगेका छन् ।

आज साँझ भएको मतदानमा ओली पक्षका प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले ओलीलाई चुनौती दिँदै देउवालाई विश्वासको मत दिए ।

ओलीसँगै एमाले वरिष्ठ नेता माधव नेपालले पनि विश्वासको मतदान सम्म आईपुग्दा आफ्नो पक्षमा रहेका सबै साँसदहरुलाई रोक्न सकेनन् । राष्ट्रपतिकोमा समाबेदन दिँदा २६ सांसदको हस्ताक्षर रहेको नेपाल पक्षमा सर्वोच्च पुग्दा २३ जनामा झेरेको थियो भने आजको मतदान सम्म आईपुग्दा नेपाललाई उनी सहित १३ जना सांसदमा मात्र खुम्चिएका छन् ।

नेपाल पक्षको खम्बाकारुपमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतै मत दिएनन् भने नेपाल पक्षकै १० सांसदले मतदान प्रक्रियामा सहभागी भएनन्।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ३४ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता