१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

दुईतिहाईको नजिकैबाट प्रधानमन्त्री बनेको एमाले अध्यक्ष ओलीलाई आफैले बनाएको मन्त्रीले साथ छोडे



काठमाडौं । दुईतिहाईको हाराहारारी सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफु सत्ताबाट बहिर्गमन भएर तत्कालिन विपक्षीदलका नेता प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवस्थामा पुग्दा सम्म आफैले मन्त्री बनाएका सांसदलाई समेत आफ्नो पक्षमा उभ्याउन सकेनन् । माओवादी केन्द्रसंग दुरी बढाउने कार्यबाट एक्लिन शुरु गरेका एमाले अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा पाएकाे ९३ विश्वासको मतबाट झर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा सम्म ८३ मतमा खुम्चिन पुगेका छन् ।

आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा ओली सरकारमा मन्त्री बनेका प्रेम आले सहित ८ जना सांसदहरु ओलीलाई छाडेर देउवाको पक्षमा उभिए । एमालेका जम्मा २२ जना सांसदले देउवालाई मत दिँदा ओली पक्षका ८ जना पनि ओलीको ह्वीप उल्लँघन गर्दै विपक्ष तिर उभिन पुगेका छन् ।

आज साँझ भएको मतदानमा ओली पक्षका प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले ओलीलाई चुनौती दिँदै देउवालाई विश्वासको मत दिए ।

ओलीसँगै एमाले वरिष्ठ नेता माधव नेपालले पनि विश्वासको मतदान सम्म आईपुग्दा आफ्नो पक्षमा रहेका सबै साँसदहरुलाई रोक्न सकेनन् । राष्ट्रपतिकोमा समाबेदन दिँदा २६ सांसदको हस्ताक्षर रहेको नेपाल पक्षमा सर्वोच्च पुग्दा २३ जनामा झेरेको थियो भने आजको मतदान सम्म आईपुग्दा नेपाललाई उनी सहित १३ जना सांसदमा मात्र खुम्चिएका छन् ।

नेपाल पक्षको खम्बाकारुपमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतै मत दिएनन् भने नेपाल पक्षकै १० सांसदले मतदान प्रक्रियामा सहभागी भएनन्।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ३४ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै