७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालको संसदीय इतिहासमै ठुलो ‘फ्लोरक्रस’ : निष्काशन गर्ला त एमालेले ३३ सांसदलाई ?



काठमाडौं । नेपालको संसदीय इतिहासमै सबै भन्दा ठुलो ‘फ्लोरक्रस’को घटना भएको भोलिपल्ट ‘फ्लोरक्रस’मा इतिहास बनाउने पार्टी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार ललितपुरको च्यासलस्थित तुलसिलाल प्रतिष्ठानमा बिहान ११ बजे एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै आइतवारका लागि स्थायी कमिटीको बैठक र सोमवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका थिए।

सोमवारको बैठक विधान महाधिवेशनमा केन्द्रित हुने बताईएको भएपनि आईतबार संसदमा घटेको ‘फ्लोरक्रस’को घटनामै बैठक केन्द्रित हुने सम्भावना देखिएको छ । संसदमा एमाले प्रवक्ता प्रदिप ज्ञवालीको ‘भ्वाईस’ र अध्यक्ष ओलीको ‘बार्दली उदघोष’बाट अव एमाले कारवाहीको निर्णायक मोडमा पुग्ने अनुमान गरिएको छ । एमालेको ओली पक्षको ब्रैठकले साउन २५/२७ मा विधान महाधिवेशन अयोजना गर्ने निर्णय गरिसकेको छ ।

आईतबार संसदमा ‘फ्लोरक्रस’ गरेर दुबै पक्षलाई मत नदिएका नेताहरुले पार्टी एकताका लागि मतदानमा सहभागी नभएको बताएका छन् भने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जनाले पार्टी निर्णयलाई चुनौती दिँदै हाकाहाकी देउवालाई विश्वासको मत दिएका छन् । आजको ब्रैठकमा निर्देशन उल्लंघन गर्ने ३३ जनालाई कारवाही गर्ने समेत तयारी गरिएको एमाले स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले ह्वीप नलाग्ने आदेश गरेका कारण कारवाही गरिहाल्दा पुनः सर्वोच्चले कारवाही फुकुवा गरिदिने सम्भावनालाई पनि आँकलन गर्दै एमाले नेताहरुले कानुनी परामर्श थालेको स्रोतले दाबी गरेको छ ।

एमालेका १२१ सांसद मध्य ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १४ र ओली समूहका ८ जना गरि २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए। यस्तै नेपाल समूहका १० जना अनुपस्थित रहे। सांसद भीम रावलले मतदान अघि नै राजिनामा दिएर हिँडेका थिए भने अर्का वरिष्ठ नेता झलनाथ खनाल नयाँदिल्लीमा उपचाररत छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई