७ आश्विन २०८३, बुधबार | September 23, 2026

रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान



कालिकोट । कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोभिड-१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो ।

विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड-१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए । “हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ” उनले भने, “त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौँ ।”

मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा श्यया अक्सिजन सिलिण्डर जडान गरिएको देवले बताए । “कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ” उनले भने, “दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएको छ ।”

कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा.भोजराज बमले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई