५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पर्यटन बोर्डको प्रर्वद्धनमा सगरमाथाको कालापत्थरमा फेशन सो हुँदै



काठमाडाैं ।  नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे ’ को दास्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०८७ असोज गते (६ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौंको होटल सोल्टीमा आयोजना गरिएको पत्रकार भेटघाटमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्र्दभमा यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए । उनले विश्वसमुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । उनले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवद्र्धनका अन्य कामलाई निरनतरता दिने जानकारी दिए ।

कार्यक्रममा ग्लोबल आइएमइ बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।

कम्पनीका सीओओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताए ।

कोभिडका कारण नेपालमा अझै पर्यटकीय गतिविधि पूर्ण रुपमा नचलेको सन्र्दभमा लकडाउन र स्वास्थ्य मापदण्डको पालना गरि अन्तरराष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याउने योजना आयोजकले बनाएको छ ।

कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् । कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने धारणा राखेकोे पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टिपी भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं