१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

धकेलिँदै कांग्रेस महाधिवेशन



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकारी दिए ।

‘प्रधानमन्त्रीमा देउवाले लिने विश्वासको मतसँगै कांग्रेस महाधिवेशन जोडिएको थियो, विश्वासको मत नपाएको अवस्थामा भने देश निर्वाचनतर्फ जान सक्ने सम्भावना रहन्थ्यो, त्यसो हुँदा पार्टीको महाधिवेशन ओझेलमा पर्न सक्थ्यो, अब केही दिन सर्छ तर भदौभित्रै महाधिवेशन हुन्छ,’ देउवा निकट ती नेताले भने ।

देउवाले विश्वासको मत पाएसँगै कांग्रेस नेतृत्वको ध्यान सरकार, कोरोना महामारी र पार्टीको महाधिवेशनतर्फ केन्द्रित भएको हो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा गत शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत महाधिवेशनलाई विश्वासको मतसँगै जोडेर हेरिएको थियो । यस्तै, बैठकमा महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४७ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार