२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कक्षा १२ को परीक्षा साउन अन्तिमदेखि



काठमाडौं । कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो । अब एक-दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।

एक सय पूर्णाङ्ककै परीक्षा

यसैबीच बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो ।

बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा पुगिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : १६ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज