२१ माघ २०८२, बुधबार | February 4, 2026

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, तीन जना घाइते



दमक । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह-३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र १०१-०१२ प ५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह-३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका थिए ।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह-४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : २२ बजे

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र