७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेकपा महासचिव चन्दले भेट एमाले अध्यक्ष ओलीलाई



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरका छन् ।

महासचिव चन्द आफ्ना नेताहरुसहित अध्यक्ष ओलीलाई भेट्न मंगलबार बिहान बालकोट पुगेका थिए ।

केहिदिनयता विभिन्न वामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका चन्दले आज ओलीसँग भेट गरका हुन् । ओली प्रधानमन्त्री भएको बेलामा सरकारसँग तीन बुँदे सहमति गरेर चन्द खुला राजनीतिमा प्रवेश गरेका थिए । चन्दले सरकार परिवर्तन भएपछिको अवस्थामा यसअघि आफुहरुसँग सरकारले गरेको सहमति के हुन्छ भन्नेबारे चासो राख्दै आएका छन् ।

ओलीसँग पनि समसामयिक राजनीतिक अवस्थाबारे नै छलफल भएको बताइएको छ । चन्दसँग नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि सँगै गएका थिए ।

चन्दले यसअघि माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा क्रान्तिकारीका माओवादीका अध्यक्ष मोहन वैद्य र माओवादी परित्याग गरी एमाले बनेका रामबहादुर थापालगायतका नेताहरुसँग भेट गरको छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : १९ बजे

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत