७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा महासचिव चन्दले भेट एमाले अध्यक्ष ओलीलाई



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरका छन् ।

महासचिव चन्द आफ्ना नेताहरुसहित अध्यक्ष ओलीलाई भेट्न मंगलबार बिहान बालकोट पुगेका थिए ।

केहिदिनयता विभिन्न वामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका चन्दले आज ओलीसँग भेट गरका हुन् । ओली प्रधानमन्त्री भएको बेलामा सरकारसँग तीन बुँदे सहमति गरेर चन्द खुला राजनीतिमा प्रवेश गरेका थिए । चन्दले सरकार परिवर्तन भएपछिको अवस्थामा यसअघि आफुहरुसँग सरकारले गरेको सहमति के हुन्छ भन्नेबारे चासो राख्दै आएका छन् ।

ओलीसँग पनि समसामयिक राजनीतिक अवस्थाबारे नै छलफल भएको बताइएको छ । चन्दसँग नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि सँगै गएका थिए ।

चन्दले यसअघि माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा क्रान्तिकारीका माओवादीका अध्यक्ष मोहन वैद्य र माओवादी परित्याग गरी एमाले बनेका रामबहादुर थापालगायतका नेताहरुसँग भेट गरको छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई