१५ बैशाख २०८१, शनिबार | April 28, 2024

घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी भएकालाई पोखरा पठाइयो



बागलुङ । गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

दुवैको मिर्गौलामा असर पु-याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान मदिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : ५६ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म