१२ बैशाख २०८१, बुधबार | April 25, 2024

रोटरी डाउनटाउनको पदस्थापन सम्पन्न



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनको २० औ स्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

क्लबका वर्ष २०२०/२०२१ का अध्यक्ष पंकज ज्ञवालीले वर्ष २०२१/२०२२ का अध्यक्ष जविन कक्षपतिलाई रोटरी माला, बेल र ह्याम्मर हस्तान्तरण गरि पद हस्तान्तरण गरेका थिए। यसैगरि वर्ष २०२१/२०२२ का अध्यक्ष जविन कक्षपतिलाई आरआई डिष्ट्रिक गर्भनर नोमिनि राजेन्द्र प्रसाद ध्वजुले सपथ गराएका थिए । यसैगरि आरआई ३२९२ एजी डा नारायण प्रसाद पन्तले कक्षपतिलाई चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

अध्यक्ष कक्षपतिले क्लबको उपाध्यक्ष शिव ज्ञवाली, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु खत्री, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह सचिव निलम अधिकारी, सह कोषाध्यक्ष हरि खरेल, क्लब एडमिनिष्टेसन चेयर डिबि रायमाझी, द रोटरी फाउण्डेसन चेयर नलराज नेपाल, क्लब सर्भिस प्रोजेक्ट चेयर मनोज भुषाल, क्लब पब्लिक रिलेसन चेयर शम्भु भट्टराई, क्लब मेम्बर चेयर बिष्णु भण्डारी, सर्जएट आम फष्ट प्रेमा केसी, सर्जएट आम सेकेण्ड तेज कुमारी लुईटेल, आरसिसि फष्ट चेयर चुनिया गुरुङ, आरसिसि सेकेण्ड चेयर मथुरा भण्डारी, वुमन ईम्पावर चेयर सुविता सैजु, क्लब एक्सटेन्सन चेयर मुना अर्याल, युथ सर्भिस चेयर रोशन भण्डारी, रोट्याक्ट/ईन्ट्रयाक्ट/ईन्नरह्विल कोअर्डिनेटर बिनोद ज्ञवाली, फण्ड राईसिङ चेयर दिनेश अग्रवाल, फेलोसिप चेयर दीप आचार्य, ईडिटर रामप्रसाद आचार्य, क्लब मेन्टर भिमराज श्रेष्ठलाई शपथ खुवाए । वर्ष २०२१/२०२२ का अध्यक्ष जविन कक्षपतिले समाजमा आफ्नो फरक पहिचान बनाउन संघसंस्थाहरुको महत्वपुर्ण योगदान हुने बताए । रोटरी आरआईको निर्देशनमा समाजका विभिन्न क्षेत्रमा आईपर्ने समस्याहरुमा क्लबबाट परियोजनाहरु चलाउदै आएको उनले बताए ।

वर्ष २०२०/२०२१ का अध्यक्ष पंकज ज्ञवालीले आफ्नो वर्षभरि सहयोग गर्ने पदाधिकारीहरुलाई सम्मान गरेका थिए । यसैगरि क्लबलाई वर्षभरि महत्वपुर्ण योगदान दिएका बाबुराम बन्जाडेलाई रोटरीयन अफ द ईयरबाट सम्मान पत्रबाट सम्मान गरेका छन ।
वर्ष २०२०/२०२१ का नारायण तिवारीलाई वर्ष २०२१/२०२२ का कोषाध्यक्ष भानु खत्रीलाई चेक बुक तथा खाता हस्तान्तरण गरेका थिए । वर्ष २०२०/२०२१ का सचिव डिवि रायमाझीले वर्ष २०२१/२०२२ का सचिव बाबुराम बन्जाडेलाई मान्युड हस्तान्तरण गरेका थिए । वर्ष २०२०/२०२१ का अध्यक्ष पंकज ज्ञवालीले आफ्नो कार्यकालमा १४ वटा महत्वपुर्ण परियोजनाहरु सम्पन्न गरि लक्ष्य अनुसार काम गर्न सफल भएको अध्यक्ष ज्ञवालीले बताए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवाली, एजी ध्रुव धिताल, श्याम बहादुर पराजुली, प्रेसिडेन्ट नोमिनि भरत रानाले नया समितिबाट रचनात्मक कामलाई अघि बढाउने बताए । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा लक्ष्मण दुबेलाई सम्मान गरिएको थियो । यसैगरि क्लबको प्रकाशन गरिएको डाईरेक्ट्री र क्लब बुलेटिन बिमोचन गरिएको थियो ।

यसैगरि क्लबमा नया सदस्यलाई परिचय, स्वागत गराउने कार्यक्रम गरिएको थियो । यो वर्ष विभिन्न पेशामा आवद्ध रहेका अर्जुन पौडेल, रमेश बेल्बासे, दिपक पौडेललाई क्लबमा स्वागत गरिएको थियो ।

सडक डिभाईडरमा रोटरी डाउनटाउनको वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले क्लबको वार्षिक कार्यक्रम अन्तरगत सोमबार मिलन चोक देखि पश्चिमाञ्चल फाईनान्सको भवनसम्मको डिभाईडरमा वृक्षारोपण गरेको छ ।

बुटवल उपमहानगरलाई हरियाली र सौन्दर्यकरण गराउने लक्ष्यसहित सडक डिभाईडरमा वृक्षारोपण गरिएको हो । क्लबका लागि वर्ष २०२१/०२२ का एजी डा. नारायण पन्थले सडक डिभाईडरमा वेगममाली फुलको बिरुवा रोप्दै उद्घाटन गरेका छन ।

उनले वृक्षारोपणसगै यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । क्लबका अध्यक्ष जबिन कक्षपतिले नगर सौन्दयीकरणको काममा सरकारसंग सहकार्य अघि बढाएको बताए । सडक बिस्तारको काम नसकिदा नगर सौन्दयीकरणमा ढिलाई भैरहेको उनले दुखेसो गरे । मिलन चोक क्षेत्रको सडक डिभाईडरमा ३५ वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक शंकर ज्ञवालीले बताए ।

यसैगरि क्लबको आम्दा अस्पताल परिसरमा रहेको बगैचामा स्वामीको १५ वटा बिरुवा रोपिएको उनले बताए । कार्यक्रममा सहसयोजक डिआर भण्डारी, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, इलेक्ट प्रेसिडेन्ट भरत राना, कोषाध्यक्ष भानु केसी, सचिव बाबुराम बन्जाडे लगायतले वृक्षारोपण गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : २७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको