७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कांग्रेसको नयाँ नेतृत्व ‘डिजिटल भोटिङ’मार्फत चयन हुने



काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा हुने मतदानमा डिजिटल प्रविधि प्रयोग गर्ने भएको छ ।

कोरोना महामारीको संक्रमण नरोकिएका कारण कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङ गर्ने भएको हो । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो ।

बैठकले आगामी दिनमा समेत प्रयोग गर्न मिल्ने गरी डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिन लागेको छ । बैठकले जिल्ला जिल्लामा डिजिटल भोटिङको नमुना प्रदर्शनी गर्ने र प्रविधि संचालनका लागि प्रशिक्षण र सहजीकरण गर्न दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरेको जनाइएको छ ।

आगामी भदौमा हुने महाधिवेशन भौतिक रुपमै गर्न खोजेको कांग्रेसले महामारी नरोकिए डिजिटल माध्यमबाट भोटिङ गरी देशभरको नेतृत्व चयन गर्न सक्ने गरी प्रविधिको विकास र सुनिश्चित गरेको विभागका सचिव दिनेश थापा मगरले बताएका छन् ।

जसअनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले प्रविधिमार्फत केन्द्र र प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया पुरा गर्न सक्नेछन् । आउने दिनमा पनि यो प्रविधि प्रयोग गर्न मिल्ने गरी पार्टीले प्रविधिको सुरक्षा गर्ने विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : २८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी