२१ माघ २०८२, बुधबार | February 4, 2026

कांग्रेसको नयाँ नेतृत्व ‘डिजिटल भोटिङ’मार्फत चयन हुने



काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा हुने मतदानमा डिजिटल प्रविधि प्रयोग गर्ने भएको छ ।

कोरोना महामारीको संक्रमण नरोकिएका कारण कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङ गर्ने भएको हो । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो ।

बैठकले आगामी दिनमा समेत प्रयोग गर्न मिल्ने गरी डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिन लागेको छ । बैठकले जिल्ला जिल्लामा डिजिटल भोटिङको नमुना प्रदर्शनी गर्ने र प्रविधि संचालनका लागि प्रशिक्षण र सहजीकरण गर्न दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरेको जनाइएको छ ।

आगामी भदौमा हुने महाधिवेशन भौतिक रुपमै गर्न खोजेको कांग्रेसले महामारी नरोकिए डिजिटल माध्यमबाट भोटिङ गरी देशभरको नेतृत्व चयन गर्न सक्ने गरी प्रविधिको विकास र सुनिश्चित गरेको विभागका सचिव दिनेश थापा मगरले बताएका छन् ।

जसअनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले प्रविधिमार्फत केन्द्र र प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया पुरा गर्न सक्नेछन् । आउने दिनमा पनि यो प्रविधि प्रयोग गर्न मिल्ने गरी पार्टीले प्रविधिको सुरक्षा गर्ने विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : २८ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक