२९ भदौ २०८३, सोमबार | September 14, 2026

एन आई सी एशियामा १:१० मिनेटमा अनलाईन खाता खोल्नेले आईफोन १२ र स्मार्टवाच पाए



काठमाडौ । एन आई सी एशियाले बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन अकाउन्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता संचालनमा ल्याएको छ ।

उक्त प्रतियोगितामा सबैभन्दा कम समयमा अनलाईन खाता खोल्नुहुने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन् । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीहरू मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि Submitted सम्मको प्रकृया देखिने गरी Screenshot शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्नुहुने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढिले खाता खोलेकोमा १५८ जना महानुभावहरू मात्रै यस प्रतियोगितामा सहभागी भएका थिए । १ १० मिनेटमा अनलाईन खाता खोल्नेले आईफोन–१२ र स्मार्टवाच पाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ४६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ