१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

देउवालाई सच्चिने र सच्याउने अवसर



काठमाडौं । ‘दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ । धेरै राम्रो काम गरेर अघिल्ला कार्यकालहरूमा नसकेका/छुटेका काम गरेर देखाउनुहोस्, हाम्रो साथ र शुभकामना छ । तर धेरै राम्रो काम गर्न नसके पनि नराम्रो काम नगर्नुहोस् । प्रारम्भ अलि राम्रो देखिएको छैन।’ यो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिन प्रतिनिधिसभामा राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङदेनले बिपी कोइरालापछि शक्तिशाली बनेको सरकार (केपी ओली नेतृत्व) ले केही नगरेको अवस्थामा देउवा नेतृत्वको सरकारसँग जनताको खासै ठूलो अपेक्षा नभएको बताए ।

देउवा प्रधानमन्त्रीका रूपमा सरकारी निवास बालुवाटार सरेलगत्तै पार्टीका बैठकहरू त्यहीं सुरु गरेका प्रति उनले असन्तुष्टि जनाए । ओली नेतृत्वको सरकारले बालुवाटारलाई पार्टी कार्यालय र क्याटरिङमा परिणत गरेको संकेत गर्दै लिङदेनले भने, ‘प्रधानमन्त्री निवास पार्टी कार्यालय होइन, त्यो क्याटरिङ हाउस पनि होइन । कमसेकम यो सरकारले त्यो नगरोस् ।’

साउन १ गते बिहान सरकारी निवास बालुवाटार सरेका देउवाले घण्टा पनि नबित्दै पार्टी पदाधिकारी बैठक त्यहीं बोलाए । मित्रराष्ट्र चीनका राजदूतलाई शिष्टाचार भेटका लागि पनि बालुवाटारमै आमन्त्रण गरे । ओली नेतृत्वको सरकार बहिर्गमनपछि आमजनताको अपेक्षा छ- मुलुकको शासन बालुवाटारबाट होइन, सिंहदरबारबाट सञ्चालन होस । कांग्रेस मुख्यालय सानेपाबाट बालुवाटार सर्ने छैन ।

पाँचौंपटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले विगतका सरकारहरूको मात्र होइन, आफ्ना कमजोरीलाई पनि सच्याउने छन् तर सच्चिने संकेत देखाएनन् । त्यसप्रति लिङदेनको खबरदारी थियो प्रतिनिधिसभामा । २०६२/६३ सालको जनआन्दोलनपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटरबाटै पार्टी र सरकार सञ्चालन गरेका थिए। कोइरालालाई मानक बनाउँदै त्यसयताका प्रधानमन्त्री सरकारी कार्यालय सिंहदबार सकेसम्म जानै खोजेनन् ।

पदमा रहँदासम्म पार्टी कार्यालय टेक्नै चाहेनन् । सरकारी निवासमै पार्टी बैठक राख्ने, प्रधानमन्त्री कार्यालय नगएर त्यहींबाटै शासनसत्ता सञ्चालन गर्ने गलत परिपाटी बसालियो । राज्यको स्रोत साधानको मात्र होइन, विधि र विधानमाथि पारिवारिक हस्तक्षेप र स्वार्थसमूह हाबी भए । सरकारका संरचनाहरूले सत्ता चलेन । परिवारका सदस्य र आसेपासेको हातमा राज्यका गोप्य सूचना र कागजपत्र पुग्ने र निर्णय प्रक्रिया प्रभावित हुन पुग्यो  ।

बदलिएको परिस्थितिमा प्रधानमन्त्री बनेका देउवाबाट सुधारको प्रारम्भ जनताले खोजेका छन् । जवाफदेही र पारदर्शी सरकार सञ्चालन गर्ने हो भने प्रधानमन्त्रीले भेटघाटदेखि सम्पूर्ण काम सिंहदबारबाट गर्नुपर्छ । सरकारी निवासलाई केवल आराम गर्ने थलो बनाउनुपर्छ । आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ५१ बजे

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय