१ पुस २०८२, मंगलबार | December 16, 2025

पार्टी एकतामा जोड दिँदै सकियो एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक, स्पष्टीकरणको अर्थ नभएको निष्कर्ष



काठमाडौं । एमालेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताकै पक्षमा केन्द्रित हुने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा सहभागी स्थायी कमिटीका सदस्यहरुले पार्टी एकतामा जोड दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

ती नेताका अनुसार बैठकले अव एकता प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकाल्दै कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन तर्फ जान नेतृत्वलाई आग्रह गरेको छ । एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेर कार्यान्वयनको चरणमा गएका बेला नेताहरुलाई स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न आग्रह गर्ने प्रस्ताव पनि बैठकले पास गरेको छ ।

अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेपाल पक्षको ठहर छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आईतबारको निर्णय कार्यान्वयन गर्दै एमाले केन्द्रीय कार्यालयले माधव पक्षको बैठक बसिरहेकै स्थानमा नेताहरुलाई स्पस्टीकरणकोे पत्र बुझाईएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज