२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रेलमा झेलैझेल



काठमाडौं । भारतबाट करिब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक-पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर-जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै पूरा भएको जनाए पनि तयारी अभावका कारण अझै रेल सञ्चालन टुंगो लाग्न सकेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।

अब भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तपछि मात्रै रेल्वे ट्रयाक र पूर्वाधार हस्तान्तरण प्रक्रिया अघि बढ्ने देखिएको छ । सरकारले आइतबारमात्रै रेल खरीद गरेको १० महिनापछि जनकपुर-जनयनगर रेलवे सेवा ‘ट्रयाकस्पिड’ परीक्षण गरेको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर जयनगर रेल्वे सेवा सञ्चालनका लागि आइतबार रेल्वे ‘ट्रयाकस्पिड’ र प्राविधिक परीक्षण गरिएको जानकारी दिए ।

भारत पूर्वी केन्द्रीय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटर गतिमा जयनगर रेलवे स्टेसनबाट जनकपुर आएको र जनकपुरबाट प्रतिघन्टा १ सय २० किलोमिटर गतिमा जयनगर फर्किएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको थियो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा भारतबाट दुई रेल खरिद गरी ल्याएको हो । ३४ किलोमिटर जनकपुर-जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा सरकारले गरेको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : २१ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज