१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पहिरो गएको दुई हप्तासम्म पनि खुलेन सडक, स्थानीय मारमा



तनहुँ । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन ।

व्यास नगरपालिका-१२ हुँदै भानु नगरपालिका-५ जाने सडक अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण समस्यामा परेका हुन ।

गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभर्‍याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताए ।

बाटो अवरुद्ध हुँदा दैनिक जीवनयापनमै प्रत्यक्ष असर परे पनि सम्बन्धित निकायले एकअर्कालाई दोषरोपण गरी पन्छिने काम गरेको स्थानीयको आरोप छ ।

छिर्कने बजारको पिपलथोकदेखि डाँडाथोकसम्म करिब आठ किलोमिटर रहेको भगवती रङ्गपथ मोटरमार्गअन्तर्गत करिब एक किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घरसमेत जोखिम परेको छ । रासस

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ४४ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर