७ आश्विन २०८३, बुधबार | September 23, 2026

होन्डा एनिभर्सरीको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि नखोल्नुहोला यस्तो लिङ्क



काठमाडौं । अहिले फेसबुक म्यासेन्जरमा होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क यतिबेला म्यासेन्जरमा आइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ ।

उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ । तर तपाईं भने यी कुनै पनि नियम पालना नगर्नुहोस् ।

अझ म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।

यस्ता म्यासेजले तत्कालै हानी त नपुर्‍याउँ सक्छन्, तर लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् यस्ता म्यासेज ।

त्यसो त म्यासेजमा उल्लेख गरिएजस्तो होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन । सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ ।

७० औं वर्ष पूरा भएको तीन वर्षपछि कुनै कम्पनीले यसरी उपहार सार्वजनिक गर्ने उदाहरण पनि छैनन् । होन्डा जस्तै यसअघि अमेजनको वार्षिकोत्सव भन्दै यस्तै लिङ्क व्हाट्सएपमा समेत देखिएको थियो ।

विजेताले ह्वावेको मोबाइल पाउने सन्देशसहित होन्डाको जस्तै नियमहरू यसमा राखिएको थियो । तर व्हाट्सएपको प्रयोगकर्ता म्यासेन्जरको तुलनामा धेरै नभएकोले यसले त्यति धेरै चर्चा पाएन ।

नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सम्भव भयो । त्यहाँ राखिएका नियम अथवा शर्तले पनि यसलाई फैलाउन सहयोग पुर्‍यायो ।

यस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला । परिचित म्यासेन्जर साथीहरूले पठाउनु भएको छ भने उहाँहरूलाई पनि सचेत गराउनुहोला । अपरिचितबाट म्यासेज रिक्वेस्ट आएको छ भने सोझै डिलिट गर्नुहोला ।

कसरी बच्ने फिशिङबाट ?

दूरसञ्चार प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गरेको छ ।

पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोनकल लगायतलाई रिप्लाई वा रेसपोन्स नगर्न पनि प्राधिकरणले भनेको छ ।

आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन र सब डोमेनबाट आएका इमेलहरुलाई नखोलि डिलिट गर्नुपर्छ । त्यसैगरी अनावश्यक मेलिङ लिष्टमा सब्सक्राइब नगर्ने र सब्सक्राइब गरेको भए अन सब्सक्राइब गर्नुपर्छ । इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण पठाउनु हुदैन ।

कम्प्युटर तथा मोबाइलमा एन्टिभाइरस प्रयोग गर्नुपर्छ र कुनै पनि वेबसाइट राम्रोसँग पहिचान नगरी युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर लगायतका व्यक्तिगत परिचय शेयर गर्नु हुँदैन् । साथै फेसबुकमा त्यस्तो भइरहेको छ भने रिपोर्ट पनि गर्न सकिन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ९ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई