७ आश्विन २०८३, बुधबार | September 23, 2026

भाडा समायोजन र कोरोना विरुद्धको खोप माग्दै यातायात व्यवसायीहरु सडकमा



काठमाडौं । काठमाडौमा संचालनमा रहेका यातायात व्यवसायीहरुले बिभिन्न माग राख्दै सडकमा उत्रिएका छन् । आज बिहानै यातायातको साधन सहित व्यवसायीहरु सडमा उत्रिएपछि रिङरोडको ट्राफिक अस्तब्यस्त बनेको छ ।

भाडा समायोजन, कोरोनाविरुद्धको खोप, २० वर्ष पुरानो गाडी संचालन गर्न पाउनु पर्ने लगायतको माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् ।

बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको यातायातका साधन सहितको प्रदर्शनले रिङरोड परिक्रमा गर्ने व्यवसायीहरुले बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न माग राखेका छन् ।

सरकारले गत असार २७ गतेमात्र सार्वजाकि सवारी साधनको भाडा बृद्दी गरेको थियो । सरकारले गरेको भाडा बृद्दीमा ट्याक्सी तथा छोटो दुरीका सवारीलाई पर्याप्त सम्बाधन नभएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई