१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंकलिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषिअनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवलाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौताअनुसार कर्जा लिने सानाकिसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवाप्रदान गरिरहेको छ । ‘सबैकालागि बैंक’भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दैआइरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भि-याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १ : ०२ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात