७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेका २२ सांसदले स्पष्टीकरण पत्रको जवाफ फर्काउने



काठमाडौं । नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधको २४ घण्टे स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ संसदीय दलको कार्यालयमा गएर बुझाउने भएका हुन् ।

यही साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल पक्षमा खुलेका १४ जना र ओलीकै पक्षमा रहेका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

सोही निर्णयअनुसार ५ साउनमा तयार पारिएको स्पष्टीकरण पत्र हिजो मात्र पठाइएको थियो । अध्यक्ष ओलीले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा विश्वासको मतमा दिएको मतदानबारे कुनै उल्लेख छैन । तर, पार्टी निर्णय विपरित विपक्षी गठबन्धनमा सामेल भएको, पार्टी विरुद्ध भेला र गुट चलाएर अपराधपूर्ण काम गरेकोमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण माग गरिएको छ ।

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने सर्वोच्च अदालतले फैसला गरेको थियो ।

स्पष्टीकरण सोधिएका सांसदले अध्यक्ष ओलीले पार्टीलाई एकलौटी चलाउन खोजेको भन्दै पार्टी एकताको पक्षमा उनी र उनको समुह नै नरहेको जिकिर गरेका छन् ।

एमालेले नेपालसहित सांसदहरु मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, लक्ष्मी चौधरी, किसन श्रेष्ठ, प्रेम आलो, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, हीरा केसी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, बिना बुढाथोकीलाई स्पष्टीकरण सोधेको थियो ।

तर पार्टीको निर्देशन विपरित देउवाको विपक्षमा मतदान नगर्ने अन्य ११ जना सांसदलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन । नेपाल पक्षका ती ११ सांसदले मतदान बहिस्कार गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ३ : ०१ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले