१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले विवाद कुनबाटोले नभएर मुल बाटोले समाधान गर्ने बाँकेका बाम नेताहरुको ठहर



नेपालगन्ज । बाँकेका कम्युनिष्ट नेताहरुले विवादका कारण विभाजित नेकपा एमाले अव कुन बाटो नभएर मुल बाटो हिँड्न आवश्यक भएको बताएका छन् । पुष्पलाल मित्रता केन्द्र बाँकेले आयोजना गरेको कार्यक्रमा बोल्ने वक्ताहरुले पार्टी लाई एकताबद्ध बनाएर अगाडि लैजानु नै पुष्पलाल प्रती सच्चा श्रद्धाञ्जली हुने धारणा राखे । उनीहरुले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी को सस्थापक भएर पनि थुप्रै अपमान र आरोप झेल्नुपरेको चर्चा गर्दै कम्युनिस्ट आन्दोलन लाई जोगाएर अगाडि बढ्न अझै चुनौती झेल्न पर्ने देखिएको बताए । पुष्पलालप्रति संमान दिन र श्रद्धाञ्जली दिदै गर्दा कम्युनिस्ट को निष्ठा र आदर्श लाई सम्झेर अगाडि बढ्दै पार्टी र कम्युनिस्ट आन्दोलनलाई जोगाएर लैजान नेतृत्व तह गम्भिर बन्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा प्रमुख वक्ताकारुपमा बोल्दै एमाले नेपाल पक्षका केन्द्रीय सदस्य दल बहादुर सुनार ले अहिले नेकपा हुँदै नेकपा एमालेमा देखिएको आन्तरिक समस्या र किचलो पुष्पलालको विचारका माध्यमबाट समाधान हुन सक्ने बताए । उनले अब कुन बाटो ? होईन मुल बाटो रोज्नुपर्ने बताउदै एमालेमा माधवकुमार नेपालले लिएको बाटो नै मुल बाटो भएको दाबी गरे ।

राजनीतिक बिश्लेसक डाक्टर जनार्दन आचार्य पुष्पलाल अत्यन्तै सरल र सादगी नेता र सच्चा कम्युनिस्ट भएको बताउदै अहिले का कम्युनिस्टहरुमा बिचलन विचारमा मात्र होईन जीवन शैलीमा पनि आएको बताए ।

नेकपा माओवादी केन्द्रका बाँके अध्यक्ष तथा प्रदेश सभा सदस्य आइपी खरेलले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टीको सस्थापक भएर पनि थुप्रै अपमान र आरोप झेल्नुपरेको चर्चा गर्दै कम्युनिस्ट आन्दोलन लाई जोगाएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

नेकपा एमाले बाकेका अध्यक्ष अशोक कोइरालाले पुष्पलाल प्रति संमान दिन र श्रद्धाञ्जली दिदै गर्दा कम्युनिस्टको निष्ठा र आदर्श लाई सम्झेर अगाडि बढ्दै पार्टी र कम्युनिस्ट आन्दोलन लाई जोगाएर लैजान नेतृत्वतहको ध्यानाकर्षण गराए ।

पुस्पलाल मित्रता केन्द्रका सचीव सतिश निरौलाको सन्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका सदस्य प्रेम सुवेदीले गरेका थिए भने कार्यक्रमको लालबहादुर खत्रीले अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : २६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष