१५ चैत्र २०८२, आइतबार | March 29, 2026

३२ औं संस्करणको टोकियो ओलम्पिक खेलको आज उद्घाटन हुँदै



एजेन्सी । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपले सुरु हुँदैछ ।

विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक खेल आजदेखि औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार आज दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापानको राजधानी टोकियो पुगिसकेका छन् । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । कोरोना संक्रमणको असर नपरोस् भन्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डमा निकै कडाइ गरिएको छ ।

कोरोना महामारीका कारण ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गत वर्ष पनि कोरोना जोखिमकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना सङ्क्रमणका कारण दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुने एनबिसी न्युजले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ३२ बजे

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा