१९ असार २०८३, शुक्रबार | July 4, 2026

६ फरक ध्रुवका कम्युनिष्ट नेताहरुले आज एकै मञ्चबाट प्रवचन दिँदै, एमाले अध्यक्ष ओलीलाई भने बोलाईएन



काठमाडौं । नेपालमा ६ फरक फरक ध्रुवमा रहेका कम्युनिष्ट नेताहरु आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्ने एक कार्यक्रममा माओवादी ध्रुवका ३ जना, माओ बिचारधारा ध्रुवका १ जना र माक्र्सबादी लेनीनवादी ध्रुवका दुई जना नेताहरु एकै मञ्चबाट पुष्पलालका बिषयमा चर्चा गर्ने छन् ।

६ फरक अस्तित्वका पार्टी नेताहरुलाई एकै मञ्चमा आमन्त्रण गरिएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने कार्यक्रममा बोलाईएको छैन ।

पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा महासचिव विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले प्रवचन दिने केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

केन्द्रका अध्यक्ष खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजे कार्यक्रम संचालन हुने छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : २२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०