१ पुस २०८२, मंगलबार | December 17, 2025

६ फरक ध्रुवका कम्युनिष्ट नेताहरुले आज एकै मञ्चबाट प्रवचन दिँदै, एमाले अध्यक्ष ओलीलाई भने बोलाईएन



काठमाडौं । नेपालमा ६ फरक फरक ध्रुवमा रहेका कम्युनिष्ट नेताहरु आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्ने एक कार्यक्रममा माओवादी ध्रुवका ३ जना, माओ बिचारधारा ध्रुवका १ जना र माक्र्सबादी लेनीनवादी ध्रुवका दुई जना नेताहरु एकै मञ्चबाट पुष्पलालका बिषयमा चर्चा गर्ने छन् ।

६ फरक अस्तित्वका पार्टी नेताहरुलाई एकै मञ्चमा आमन्त्रण गरिएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने कार्यक्रममा बोलाईएको छैन ।

पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा महासचिव विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले प्रवचन दिने केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

केन्द्रका अध्यक्ष खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजे कार्यक्रम संचालन हुने छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : २२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष