७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चिनियाँ राष्ट्रपति बनेपछि सी चिनफिङद्वारा पहिलोपटक तिब्बतको भ्रमण



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गरेका छन् ।

बुधबार राष्ट्रपति सी भारतको उत्तरपूर्वी सीमा नजिकै रहेको निङ्ची शहर पुगेका थिए । त्यहाँ स्थानीय जनताले सीको भव्य स्वागत गरेका थिए । सीले निङ्चीमा स्थानीयसँग भेटघाट र विभिन्न विकास आयोजनाको निरीक्षण पनि गरेका थिए। सीले स्थानीय बासिमा तिब्बती समुदाय सुखी भविष्यप्रति अघि बढिरहेको बताएका थिए ।

निङ्चीबाट हालै मात्र संचालनमा आएको तिब्रगतिको रेल चढेर सी राजधानी ल्हासा पुगेका थिए। ल्हासामा सीले चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत विभागका पदाधिकारीहरु, तिब्बत सरकारका अधिकारीहरुसँग भेट छलफल गरेका छन् ।

चीन सरकारले गर्व गरेको यो नयाँ रेलसेवाले पूर्वी तिब्बतका बासिन्दालाई राजधानी ल्हासासम्म जोड्न मद्दत गरेको छ । यो रेल सेवा राष्ट्रिय अखण्डता र सार्वभौमिकता रक्षाका लागि सीमा क्षेत्रमा खटिएका जनमुक्ति सेनालाई छिटो लजिस्टिक पुर्याउन समेत सहयोगी बन्ने चिनियाँ अधिकारीहरुले विश्वास गरेका छन् । निङ्ची–ल्हासा रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्छ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। राष्ट्रपति सीले निङ्चीमा सिचुवान–तिब्बत रेल्वे सञ्चालनका बारेमा जानकारी लिएका थिए ।

राष्ट्रपति भएपछिको सीको पहिलो तिब्बत भ्रमण हो । सी सन् २०११ मा उपराष्ट्रपति हुँदा पहिलोपटक तिब्बत पुगेका थिए । तिब्बत स्वशासित क्षेत्र भएको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति सीसहितको टोली तिब्बत भ्रमणमा आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : २६ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा