१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एमाले उपाध्यक्ष भीम रावलले लिए प्रतिनिधिसभा सदस्यको राजीनामा फिर्ता



काठमाडौं । एमाले पार्टी भित्र आन्तरिक दवाव बढेपछि अन्ततः एमाले उपाध्यक्ष भीम रावलले आफुले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार संसद सचिवालय पगेर उनले सभामुख अग्नि सापकोटाबाट आफुले दिएको राजीनामा फिर्ता लिएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहलाई सम्मान गर्दै आफूले राजीनामा फिर्ता लिएको रावलले जनाएका छन् । औपचारीकरुपमा संसद सचिवालयमा राजीनामा बुझाएर पनि फिर्ता माग्नु परेको भन्दै उनले सभामुख सापकोटासँग माफी समेत मागेका छन् । राजीनामा फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै आफुले राजीनामा फिर्ता लिएको रावलले जानकारी गराए ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतमा मतदान दिनु अघि रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

रावलले राजीनामा दिँदा राजनीतिमा घृणित राजनीतिक खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । एमाले उपाध्यक्ष रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

रावललाई राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर राजीनामा फिर्ता गरेर पुर्ववतः सक्रिय हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : १५ बजे

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल