३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कांग्रेस पदाधिकारी बैठक : निस्पक्ष ढंगले क्रियाशील सदस्यता छानविन गर्न सभापति देउवाको निर्देशन



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगले गर्न दवावस्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन् ।

बुढानिलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभरमा सुुनुवाई गरी भोली बिहान बस्ने पदाधिकारी बैठकमा पेश गर्न छानवीन समितिलाई सचेत गराएका हुन् ।

निष्पक्ष ढंगले पार्टीको क्रियाशील सदस्यता छानवीनबारे माग राख्दै पार्टी कार्यालयमा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभर सुनुवाई गरि भोलि बिहान पुनः बस्ने पदाधिकारी बैैठकमा पेश गर्न सभापति देउवाले छानविन समितिलाई निर्देशन दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘सभापतिजीले निर्देशन दिनु भएको छ– पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनसन बस्दै आउनु भएका छ, उहाँहरुको मागको सुनुवाई आजैै गरी भोली बस्ने बैठकमा पेश गर्नु’, शर्माले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

नेपाली काँग्रेसको पदाधिकारी बैठकले भोलि साउन ९ गते विहान ९ं बजे देउवाको निवास बुढानिलाकण्ठमै बस्नेछ । बैठकले क्रियाशील सदस्यता वितरणका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने पार्टी केन्द्रित कार्य समितिले मात्रै टुंगो लगाउने पनि स्पष्ट पारेको छ ।

बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आईतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी समेत गराएका थिए । भोलिको बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्नेभनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन समेत नआएकाले सो सम्बन्धि मिति तय गर्ने विषयमा पनि भोली बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माले बताए । उनले भने, “क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचन समितिलाई सो बुझाउनुपर्ने हुन्छ । सो बुझाएपछि मात्रै तल्लो तहको पार्टीको अधिवेशन सुरु हुने भएकाले भोलिको पदाधिकारी बैठकले त्यसको अधिवेशन मिति सार्ने विषयमा पनि टुंगो लगाउनेछ ।”

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ०२ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण