७ आश्विन २०८३, बुधबार | September 23, 2026

भोलिदेखि लामो र मध्यम दूरीका यातायात संचालन हुने



काठमाडौं । भोलिदेखि लामो र मध्यमदूरीका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल जारी निषेधज्ञालाई अझ खुकुलो बनाउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको हो । यसअघि लामो दूरीको यातायात खुल्छ भने पनि खुला गरिएको थिएन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षाका कार्यक्रम सार्वजनिक भएका कारण परीक्षार्थीको आवागमनलाई सहज बनाउन यस्तो निर्णय लिइएको जनाएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको यातायात खुला गर्ने निर्णय गरेको थियो ।

सूचनामा उपत्यकाका सबै यातायात व्यवसायीलाई जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको छ । यस्तै लामो दूरीमा यात्रा गर्ने हरेक यात्रुलाई टिकट काउन्टरबाट टिकर खरिद गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : १२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई