१ पुस २०८२, मंगलबार | December 16, 2025

अवरुद्ध सिस्नेरी-दक्षिणकालिकाको यातायात सञ्चालन



मकवानपुर । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी-सिस्नेरी-दक्षिणकालिका सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुख्खा पहिरो हटाएर आज अपराह्नबाटै यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार बिहान करिब ३५ मिटर पहिरो खसेको हुँदा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाइ आजै अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

पहिलो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलागयतका सडकखण्ड सञ्चालन अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज