२९ बैशाख २०८१, शनिबार | May 11, 2024

क्यानले आयोजना गर्ने खेलहरु डिशहोमको एक्सन स्पोर्टस्ले प्रशारण गर्ने



काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टस्ले प्रशारण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको हो । उक्त सम्झौतामा डिश मिडिया नेटवर्क का प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच हस्ताक्षर गरेका छन् ।

यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा पनि नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।
क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताएका छन् ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ४७ बजे

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत