४ पुस २०८२, शुक्रबार | December 20, 2025

राजपा केन्द्रको कार्यकारिणीमा बहुमत नपुग्ने निश्चित भएपछि सनाखत रोक्न माग गर्दै महन्त पुगे अदालत



काठमाडौं । निर्वाचन आयोगले कार्यकारिणी समितिको टाउको गनेर आधिकारिकता दिने संकेत पाएपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आयोगले बोलाएको आधकारीकताको सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

आयोगले आफूले हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको सनाखत गर्न बोलाउने निर्वाचन आयोगको निर्णय रोक्न जसपा महन्त पक्ष अदालत पुगेका हुन् ।

जसपा विवाद निरुपण गर्न भन्दै निर्वाचन आयोगले गठन गरेको इजलासले साउन ११ गते बहुमत परीक्षण गर्न जसपा र राजपा एकिकरण हुँदाका बखत आयोगमा बुझाएको कार्यकारिणी समितिलाई आधार मान्दै सबै सदस्यहरुलाई नागरिकता वा मतदाता लिष्ट सहित आयोगमा उपस्थित हुन भनेको छ । आज महन्त पक्षले भने रिट निवेदनमा निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

राजपा महन्त पक्ष केन्द्रीय कार्यकारिणीमा लगातार अल्पमतमा रहेका छन् भने एमालेसँगकाे साँठगाँठ रहँदा सम्म संसदीयदलमा बहुमतमा देखिएका महन्त पक्ष दाेस्राे पटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय दलमा पनि रक्षात्मक अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको