१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवलमा थपियो नमस्ते हाइपर मार्ट, उद्घाटनका अवसरमा १५ दिन २० प्रतिशत सम्मको छुट दिईने



बुटवल । उपभोक्ताहरुको मार्ट प्रतिको आकर्षण बढ्दै गएपछि नेपालको मध्यक्षेत्रमा रहेको पुरानो शहर बुटवलमा पनि आधुनिक मार्टहरुको संख्या धमाधम् थपिँदै गएको छ । साना ग्रोसरी मार्टहरुबाटै चित्त बुझाउन बाध्य बुटवलका उपभोक्ताहरुले अव एक पछि अर्को रोजाईमा मार्टहरुबाट सामान किन्न पाउने भएका छन् । भाटभटेनी सुपर मार्केट र अन्नपुर्ण हाइपर मार्टको सफलता पछि बुटवलमा आजबाट नमस्ते आइपर मार्ट संचालनमा आएको छ । उपभोक्ताको माग अनुसार ग्रोसरी, खाद्यान्ह, कस्टमेटिक र तरकारी फलफुलसँगै जिउँदो खसीबोका, कुखुरा, कालिज समेत उपलब्ध हुनेगरि नमस्ते हाइपर मार्टले आजबाट कारोबार शुरु गरेको हो ।

योगीकुटीबाट बसपार्क सडकमा खुलेको नमस्ते हाइपर मार्टको बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख सुबेदीले उपमहानगरको परिकल्पना अनसार बुटवललाई डिजिटल शहर बनाउने योजनामा नमस्ते हाइपर मार्टले सकारात्मक भुमिका खेलेको बताए । उनले नमस्ते मार्ट जस्तै युवा स्वरोजगारमा आधारित धेरै मार्ट र एग्रो व्यवसायमा उपमहानगरले एक्यवद्धता जनाउन तयार रहेको पनि बताए ।

मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको नमस्ते मार्टको छाता संगठन सिद्धकालिका मल्टी प्रोपोज प्रा.लिका अध्यक्ष सन्तोष पौडेलले बताए । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको उनले बताए ।

ग्रोसरी, एग्रो सहित जिउँदो खसीबोका, लोकल कुखुरा, कालिज, हाँस समेत एउटै छातामुनी पाईने गरि संचालनमा आएको मार्टमा उदघाटनको अवसरमा ५ देखि २५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको पनि अध्यक्ष पौडेलले बताए । सिद्धकालिका मल्टी प्रपोजकै शाखा अन्तर्गत रुपन्देहीको सैनामैनामा बुद्धनगर एग्रो फार्म लि. (बा फार्म) को नाममा मार्ट संचालनमा रहेको छ ।

मार्ट संचालनका लागि तीन करोड बढी लगानी रहेको बताउँदै आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कम्पनिले हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य लिएको छ ।

मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरिएको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ३१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम