२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बुटवलमा थपियो नमस्ते हाइपर मार्ट, उद्घाटनका अवसरमा १५ दिन २० प्रतिशत सम्मको छुट दिईने



बुटवल । उपभोक्ताहरुको मार्ट प्रतिको आकर्षण बढ्दै गएपछि नेपालको मध्यक्षेत्रमा रहेको पुरानो शहर बुटवलमा पनि आधुनिक मार्टहरुको संख्या धमाधम् थपिँदै गएको छ । साना ग्रोसरी मार्टहरुबाटै चित्त बुझाउन बाध्य बुटवलका उपभोक्ताहरुले अव एक पछि अर्को रोजाईमा मार्टहरुबाट सामान किन्न पाउने भएका छन् । भाटभटेनी सुपर मार्केट र अन्नपुर्ण हाइपर मार्टको सफलता पछि बुटवलमा आजबाट नमस्ते आइपर मार्ट संचालनमा आएको छ । उपभोक्ताको माग अनुसार ग्रोसरी, खाद्यान्ह, कस्टमेटिक र तरकारी फलफुलसँगै जिउँदो खसीबोका, कुखुरा, कालिज समेत उपलब्ध हुनेगरि नमस्ते हाइपर मार्टले आजबाट कारोबार शुरु गरेको हो ।

योगीकुटीबाट बसपार्क सडकमा खुलेको नमस्ते हाइपर मार्टको बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख सुबेदीले उपमहानगरको परिकल्पना अनसार बुटवललाई डिजिटल शहर बनाउने योजनामा नमस्ते हाइपर मार्टले सकारात्मक भुमिका खेलेको बताए । उनले नमस्ते मार्ट जस्तै युवा स्वरोजगारमा आधारित धेरै मार्ट र एग्रो व्यवसायमा उपमहानगरले एक्यवद्धता जनाउन तयार रहेको पनि बताए ।

मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको नमस्ते मार्टको छाता संगठन सिद्धकालिका मल्टी प्रोपोज प्रा.लिका अध्यक्ष सन्तोष पौडेलले बताए । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको उनले बताए ।

ग्रोसरी, एग्रो सहित जिउँदो खसीबोका, लोकल कुखुरा, कालिज, हाँस समेत एउटै छातामुनी पाईने गरि संचालनमा आएको मार्टमा उदघाटनको अवसरमा ५ देखि २५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको पनि अध्यक्ष पौडेलले बताए । सिद्धकालिका मल्टी प्रपोजकै शाखा अन्तर्गत रुपन्देहीको सैनामैनामा बुद्धनगर एग्रो फार्म लि. (बा फार्म) को नाममा मार्ट संचालनमा रहेको छ ।

मार्ट संचालनका लागि तीन करोड बढी लगानी रहेको बताउँदै आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कम्पनिले हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य लिएको छ ।

मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरिएको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ३१ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ