७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दक्षिण कोरियामा कोरोना चौथो लहर, दिनदिनै संक्रमितको नयाँ रेकर्ड



काठमाडौं । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ ।

यसले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक २ हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिक समेत छन् ।

स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट) को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म १ हजार बढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै २ जना बढी भेला हुन समेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक २ हजारको हाराहारीमा देखिन थालेको छ ।

कोरियामा हालसम्म कूल संक्रमितको संख्या १ लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको संख्या २ हजार ६३ छ । जीवन खत्री/रासस

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : १० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी