२१ माघ २०८२, बुधबार | February 4, 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा अवधि आज सकिँदै, थपिएला निषेधाज्ञा ?



काठमाडौं । पछिल्लो पटक थप भएको निषेधाज्ञाको अवधि पुरा हुँदा पनि काठमाडौं उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा थप गर्ने वा नगर्ने बिषयमा कुनै तयारी नभएको पाईएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाको अवधि आज (साउन १०) मध्यरातिबाट सकिने भएपनि उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञाका बिषयमा कुनै पूर्व तयारी गरेका छैनन् ।

सामान्यतया होटल रेष्टुरेण्ट, पार्टी प्यालेस, स्पा, मसाज, जिमखाना, पार्लर जस्ता केही व्यवसायलाई रोकेर अन्य सबै व्यवसायलाई यस अघिनै खुकुलो बनाईएको उपत्यकाको निषेधाज्ञामा शुक्रबारबाट मध्यम तथा लामो दुरीका यातायात समेत खुल्ला गरिएको छ । निषेध गरिएका सिमित क्षेत्रलाई निषेधाज्ञा कायम गर्ने की खुल्ला गर्ने भन्ने विषयमा उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत बसेको छैन ।

३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले परिवर्तित सरकारको निषेधाज्ञाका सम्बन्धमा आधिकारिक धारणा कुरेर बसेको जिल्ला प्रशासन स्रोतहरुले उल्लेख गरेका छन् । आम सर्वसाधारणमा भने अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन ? भन्ने जिज्ञासा बढेर गएको छ।

सरकार परिवर्तन भएपछि नयाँ मन्त्रीबाट केन्द्रीय कोभिड १९ संकट व्यवस्था केन्द मार्फत निषेधाज्ञा सम्बन्धी दृष्टिकाेण आईनसकेकाले प्रमुख जिल्ला अधिकारीहरुले नयाँ निर्णय गर्न नसकेको स्रोतको दाबी छ ।

यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा पूर्व तयारी स्वरुप प्रमुख जिल्ला अधिकारीहरुको बैठक हुने गरेको थियो ।

कोरोना नियन्त्रणका लागि भन्दै उपत्यकामा गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको पटक पटक समय थपिँदै आज साउन १० गतेसम्म कायम राखिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ५६ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल