१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यकाको निषेधाज्ञा अवधि आज सकिँदै, थपिएला निषेधाज्ञा ?



काठमाडौं । पछिल्लो पटक थप भएको निषेधाज्ञाको अवधि पुरा हुँदा पनि काठमाडौं उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा थप गर्ने वा नगर्ने बिषयमा कुनै तयारी नभएको पाईएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाको अवधि आज (साउन १०) मध्यरातिबाट सकिने भएपनि उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञाका बिषयमा कुनै पूर्व तयारी गरेका छैनन् ।

सामान्यतया होटल रेष्टुरेण्ट, पार्टी प्यालेस, स्पा, मसाज, जिमखाना, पार्लर जस्ता केही व्यवसायलाई रोकेर अन्य सबै व्यवसायलाई यस अघिनै खुकुलो बनाईएको उपत्यकाको निषेधाज्ञामा शुक्रबारबाट मध्यम तथा लामो दुरीका यातायात समेत खुल्ला गरिएको छ । निषेध गरिएका सिमित क्षेत्रलाई निषेधाज्ञा कायम गर्ने की खुल्ला गर्ने भन्ने विषयमा उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत बसेको छैन ।

३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले परिवर्तित सरकारको निषेधाज्ञाका सम्बन्धमा आधिकारिक धारणा कुरेर बसेको जिल्ला प्रशासन स्रोतहरुले उल्लेख गरेका छन् । आम सर्वसाधारणमा भने अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन ? भन्ने जिज्ञासा बढेर गएको छ।

सरकार परिवर्तन भएपछि नयाँ मन्त्रीबाट केन्द्रीय कोभिड १९ संकट व्यवस्था केन्द मार्फत निषेधाज्ञा सम्बन्धी दृष्टिकाेण आईनसकेकाले प्रमुख जिल्ला अधिकारीहरुले नयाँ निर्णय गर्न नसकेको स्रोतको दाबी छ ।

यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा पूर्व तयारी स्वरुप प्रमुख जिल्ला अधिकारीहरुको बैठक हुने गरेको थियो ।

कोरोना नियन्त्रणका लागि भन्दै उपत्यकामा गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको पटक पटक समय थपिँदै आज साउन १० गतेसम्म कायम राखिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ५६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा