७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जङ्गली च्याउ खाएर बिरामी परेका बाबु छोराको अस्पताल नगएर झारफुकको भर पर्दा ज्यान गयो



इलाम । च्याउको तरकारी खाएर सिकिस्त भएको २ बाबुछोरालाई अस्पताल नलगेर झारफुकमा लगिएपछि इलामका ती बाउछोराको ज्यान गएको छ । इलामको फाकफोकथुम गाउँपालिकामा जंगली च्याउको तरकारी खाएर बिरामी परेको बाबुछोराको झारफुककै क्रममा मृत्यु भएको हो ।

इलामको फाकफोकथुम- १ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका १२ वर्षीय छोरा दिवस लिम्बुको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

एक साताअघि घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु सिकिस्त बिरामी परेका थिए। विरामी परेका उनीहरुलाई अस्पताल नलगी गाँउमै झारफुकको माध्यमबाट उपचार गरिएकोले समयमै उपचार नहुँदा मृत्यु भएको स्थानीयले बताएका छन्।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : २६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल