७ पुस २०८२, सोमबार | December 22, 2025

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल पक्ष र ओली पक्षका सांसदबीच भनाभन



काठमाडौं । संसदीय समितिमा नेकपा एमालेका वरिष्ठ नेता र एमालेकै सांसदबीच भनाभन भएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको हो ।

आइतबार सिंहदबारमा बिहान ११ बजे बोलाइएको बैठकमा नेता नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरेका थिए । पूर्वप्रधानमन्त्रीको हैसियतमा समितिका सभापति पवित्रा निरौलासँगै बसेका नेपालले जनताको बलमा संघर्ष गरेर संसद पुनर्स्थापना भएको बताएका थिए ।

बैठकको बीचमा प्रवेश गरेका सांसद नारदमुनी रानाले भने सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनर्स्थापना भएको भन्दै आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा सांसदहरु घरमा सुतेको भन्दै व्यङ्ग गरेपछि माहौल बिग्रन सुरु भएको थियो ।

गत बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलामा एमालेकै २८ जना सांसद अनुपस्थित भएका थिए । रानाले संसद विघटन राजनीतिक निर्णय भएको भन्दै त्यस्तो निर्णय गर्ने अवस्थामा पुर्याएकोमा माधव नेपालले जिम्मा लिनुपर्ने जिकिर गरे ।

त्यसपछि एमालेकै दीपकप्रकाश भट्टले रानाको भनाइप्रति आपत्ति जनाउँदै रानालाई प्रतिगमनको मतियार भएको आरोप लगाए । त्यसपछि नेता नेपालले प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान चुनौति दिए ।

राना विरुद्ध माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि खनिएका थिए । एमालेकी सरला यादवले पनि रानालाई नै दोषी देखाउँदै जथाभावी नबोल्नु भन्दै चेतावनी दिइन ।

यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न समितिको बैठक बसेपनि बैठक मुल विषयमा प्रवेशै नगरी सकियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : २८ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम