७ पुस २०८२, सोमबार | December 22, 2025

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ७६ को उपधारा ९ अनुसार सांसद श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

असार २९ गते आफ्नो नियुक्तिको दिनमा कांग्रेस र माओवादीतर्फबाट दुई दुई जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

स्वास्थ्य मन्त्री नहुँदा महामारी नियन्त्रणको काम प्रभावकारी बन्न नसकेको भन्दै देउवाको आलोचना सुरु भएको थियो ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ५६ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र