३० चैत्र २०८२, सोमबार | April 13, 2026

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ७६ को उपधारा ९ अनुसार सांसद श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

असार २९ गते आफ्नो नियुक्तिको दिनमा कांग्रेस र माओवादीतर्फबाट दुई दुई जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

स्वास्थ्य मन्त्री नहुँदा महामारी नियन्त्रणको काम प्रभावकारी बन्न नसकेको भन्दै देउवाको आलोचना सुरु भएको थियो ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ५६ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्