१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लुम्बिनी प्रदेशमा जसपाका सांसद एमालेबाट अपहरणको आरोप, एमाले भन्छ-‘मिडिया खपतको हावादारी हल्ला’



बुटवल । लुम्बिनी प्रदेश सभामा सत्ता पक्ष र विपक्षको मत बराबर भएपछि आफ्नो पक्षमा बहमत बनाउन बिभिन्न खेलहरु शुरु भएका छन् । संसदमा बराबर मत रहेको र सभामुखको निर्णयक मत पाउने आशामा बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेशसभामा विपक्षी दलका नेताहरु एक्कासी आइतबार बिहानबाट जनता समाजवादी पार्टीकी एक सांसद सम्पर्कबिहीन भएकाे बताएका छन् । जसपाकी समानुपातिक प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कमा नभएको उनको पार्टी जनता समाजवादी पार्टीले पुष्टि गरेकाे छ ।

उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताएका छन् । बिहान ११ बजे सम्म सम्पर्कमा रहेकी सांसद ढेंगा कपिलवस्तुबाट गाडी चढेर निस्केको र त्यसपछि लगातार मोबाईल नउठाएको नेता यादवले बताए । ‘एमालेका साथीहरुले पैसा पद दिन आईरहेका छन्, मलाई दवाव भयो भन्नुहुन्थ्यो, आज सम्पर्क बिहिन हुनु भयो ।’ उनले भने, – ‘एमालेबाट अपहरण भएको हुन सक्छ ।’

सम्पर्क हुन नसकेपछि कार्यकर्तालाई घरमा खाेज्न पठाएपनि सांसद ढेंगा फेला नपरेकाे नेता यादवले बताए ।

सांसद ढेंगा सम्पर्क बाहिर पुगेपछि लुम्बिनी प्रदेश सभामा विपक्षी दलका नेताहरु सांसद ढेंगाको खोजीमा निस्केका छन् । विपक्षी नेपाली कांग्रेसका सचेतक फकरुद्दिन खानले सम्पर्क हुन नसकेको कुरा सत्य भएको तर अपहरणकै पुष्टि भने भई नसकेको बताए । ‘सम्पर्क गर्ने प्रयासमा छौं, हेरौं के के हुन्छ’, उनले भने ।

माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री सुदर्शन बरालले १ जना सांसद लैजाँदैमा केही फरक नपर्ने बताउँदै निर्वाचन आयोगले जसपाको आधिकारिकता प्रमाणिकरण गरेसँगै सबै खेल सकिने बताए ।

उता एमाले नेता एवं लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ र्चाैधरीले यो हल्ला मिडिया खपतका लागि चलाईएको फोकटको हल्ला भएको बताए । ‘न विश्वासको मत, न अविश्वासको प्रस्ताव , के को लागि अपहरण ?’  मन्त्री चौधरीले भने, -‘यस्ता हल्लाका पछाडि लाग्नु नै बेकार छ ।’

ढेंगा पाल्पा जिल्लाबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् ।

८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ ९सभामुख वाहेक० जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

निर्णायक अवस्थामा सभामुखले मतदान गर्दा सरकार एक मतले अल्पमतमा पर्ने अवस्था छ ।

यसअघि जसपाकै चारजना सांसदलाई सरकारमा सहभागी गराएर वहुमत पु¥याएको भएपनि असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ०९ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न