१ पुस २०८२, मंगलबार | December 17, 2025

शिक्षा क्षेत्रका अन्योल हटाउँछु : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट सरकारले काम थाल्ने प्रतिबद्धता उनले जनाएका छन् ।

नेपाल शिक्षक सङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र आइतबार बुझ्दै प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट शैक्षिक क्षेत्रका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताए । नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेलले प्रधानमन्त्रीसमक्ष आफूहरूले विभिन्न माग राखेकोमा त्यसप्रति सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिए । सङ्घले सङ्घीय शिक्षा ऐन तत्काल बनाउनुपर्ने मागलाई मुख्य रूपमा उठाएको छ । वि।सं। २०७२ मा नेपालको संविधान जारी भए पनि अहिलेसम्म सङ्घीय ढाँचाअनुसारको शिक्षा ऐन बन्न सकेको छैन ।

यसअघि शिक्षा मन्त्रीहरूले सङ्घीय शिक्षा ऐन बनाउने प्रतिबद्धता जनाए पनि त्यसतर्फ ठोस काम हुन सकेको छैन । यसका साथै उच्च स्तरीय शिक्षा आयोग र दरबन्दी पुनर्वितरण कार्यदलको सिफारिसअनुसार कमी भएको दरबन्दी प्रक्षेपण गर्नुपर्ने माग सङ्घले अघि सारेको छ । यसका साथै शिक्षक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्ति हुनुपर्ने माग सङ्घले गरेको छ ।

जस्तोसुकै कठिन अवस्थामा पनि शिक्षा क्षेत्रलाई सुरक्षित गर्दै पठनपाठन कार्य नियमित रूपमा सञ्चालन गर्नका लागि दीर्घकालीन सोचका साथ आधुनिक प्रविधियुक्त पूर्वाधारयुक्त विद्यालय, प्रविधिमैत्री कक्षा कोठा र प्रविधियुक्त प्रशिक्षित शिक्षकको व्यवस्था हुनुपर्नेमा सङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक प्रक्रियाबाट एकद्वार प्रणालीबाट शिक्षक नियुक्ति गरिनुपर्ने, सम्पूर्ण अस्थायी प्रकृतिका शिक्षकलाई स्थायित्वको सुनिश्चितता गरिनुपर्ने, शिक्षक एवं विद्यालय कर्मचारीका लागि अलग्गै अस्पतालको व्यवस्था हुनुपर्नेमा सङ्घले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ । सरकारले विगतमा सङ्घसँग गरेका सहमति कार्यान्वयन गर्नसमेत आग्रह गरिएको सङ्घका अध्यक्ष पौडेलले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ५१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष