१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित



काठमाडौं । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् ।

चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ ।

अफ्रिदीले भिडियो कन्फ्रेन्समार्फत काठमाडौंमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । उनले नेपालको क्रिकेटको विषयमा धेरै जानकारी नभए पनि युवा नेपाली खेलाडीसँग डे«सिङ रुम सेयर गर्न पाउँदा उत्साहित भएको बताए ।

अफ्रिदी नेपाल आउन लागेका अलराउन्डर खेलाडी हन् । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मानिन्छन् । उनलाई ‘बुमबुम’ अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन् ।

अफ्रिदीलाई सार्वजनिक गर्दै टिमका मालिक रोहित गुप्ताले विश्व खेलकुदमा सुपरस्टारलाई आफ्नो टोलीमा सार्वजनिक गर्न पाउँदा निकै उत्सुक र गौरवान्वित भएको बताए । अफ्रिदीलाई अनुबन्ध गर्नुको उद्देश्य च्याम्पियन बन्नु रहेको बताइएको छ ।

काठमाडौं किंग्सबाट ईपीएल खेल्ने

अफ्रिदीले सामाजिक सञ्जालमार्फत जोडिँदै काठमाडौंबाट ईपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । ‘मैले जानेको कुरा नेपाली क्रिकेट खेलाडीलाई सिकाउनेछु । यसले मलाई र नेपाली क्रिकेटलाई केही हदसम्म सहयोग गर्ने विश्वास छ,’ उनले भने ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३ सय ९८ ओडीआई र ९९ टी–२० अन्तर्राष्टिय खेल खेलेका छन् ।

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । उनले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन तथा ३ सय ९५ विकेट लिएका छन् । अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनले १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । जुन खेलमा अफ्रिदी ओडीआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । २००९ को टी–२० विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

उनले सन् २०१६ पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । उनीसँग झन्डै दुई दर्जन टी–२० लिगको अनुभव छ । काठमाडौंले गत वर्ष केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरी एन्डरसनको नाम सार्वजनिक गरेको थियो । केभिन र कोरी यो वर्ष आउने वा नआउने निश्चित छैन ।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावतलगायतका खेलाडी छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ०४ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय