७ पुस २०८२, सोमबार | December 22, 2025

अघिल्लो सरकारले गरेका गल्ती दोहोर्‍याउने छुट देउवा सरकारलाई छैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अघिल्लो सरकारले गरेका गल्ती दोहोर्‍याउने छुट वर्तमान शेरबहादुर देउवाको सरकारलाई नभएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले अघिल्लो सरकारले जस्तो राज्यका जुनसुकै निकायलाई हप्काउने, धम्क्याउने, विधि नमान्ने लगायतका कार्य गर्न यो सरकारलाई छुट नभएको बताएका हुन् । सांसद थापाले जनतामा संविधान र संसद्प्रति गुमेको विश्वास पुनर्स्थापना गर्ने दायित्व पुरा गर्नुपर्ने बताए ।

थापाले भने, ‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने कुरा गर्न नयाँ सरकारलाई छुट छैन । यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने छ ।

थापाले जोड दिँदै भने, ‘संसद्लाई न बेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउने न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद् र सांसदको प्रश्नसँग संसद्को निगरानीसँग डराउने हो ।’ उनले अहिले प्रधानमन्त्रीको मात्रै परीक्षा नभएर सभामुख र सांसद्हरूको पनि सुरु भएको बताए ।

सांसद थापाले संसदप्रति जवाफदेही बन्न सरकारलाई आग्रह गरे । उनल संसद जनताप्रति उत्तरदायी हुनुपर्ने समेत बताए ।

थापाले बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने परिचय बनाएर अघिल्लो सरकार बालुवाटारबाट बार्दलीमा पुगेको टिप्पणी गरे ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : ५५ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र