७ आश्विन २०८३, बुधबार | September 23, 2026

किसान उत्पादन बजार ल्याउन महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’



बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा प्रदेशका १६ जिल्लाका लागि उक्त ‘भेइकल’ दिएको हो ।

प्रदेश एकका १ जिल्ला, प्रदेश दुईमा ५, बाग्मतीका ६, गण्डकीका ४, लुम्बिनीका १२ वटा कृषि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने बोलेरो जीप महिला सहकारीलाई हस्तान्तरण गरेको हो । कृषि एम्बुलेन्सको मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हस्तान्तरण गरे । हेफरले ४३ जिल्लामा २ लाख ७६ हजार भन्दा बढी गरिब तथा पछाडि परेका परिवारको क्षेत्रमा काम गर्दै आएको छ ।

‘कृषि एम्बुलेन्स’ले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर संकलन गरी बजारसम्म पु¥याउन सहयोग गर्छ । हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा. तिर्थराज रेग्मीले देशमा कृषि उत्पादन वृद्धिको लागि किसान संगठित गर्दै उत्पादन वृद्धिमा सहजीकरण गरेको बताए । उनले हेफरको कार्यक्रमले महिलाको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको बताए । सो अवसरमा बोल्दै मुख्यमन्त्री युवालाई कृषि उद्यममा लगाउन सकेन कृषि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।

‘अहिले नेपालका श्रम शक्तिको अभाव छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘व्यवसायमा प्रविधिलाई जोड दिँदै आधुनिक खेती प्रणालीबाट देशलाई अगाडि बढाए नेपालको कृषि क्षेत्रमा समृद्धि हाँसिल गर्न सकिन्छ ।’ पोखरेलले थपे, ‘कृषिमा धैयता आवश्यक छ त्यो धैयता महिलामा पुरूषमा भन्दा महिलामा बढी हुन्छ । महिलाले गरेको कृषि सफल पनि छन् ।

महिलालाई कृषिमा प्रोत्साहन गर्न आवश्यक छ ।’ कृषि प्रयोजनका लागि उपलब्ध गराइएका सवारी साधानको सही प्रयोग गर्न मुख्यमन्त्री पोखरेलले सचेत महिला सहकारीलाई सचेत समेत गराए । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले प्रदेश सरकारले कृषिमा भविश्व खोज्नेका लागि धेरै योजनाहरू ल्याएको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानले उत्पादन गरेको सबै उत्पादनको बजारको ग्यारेन्टी लिने गरी बुटवलमा कृषिमैत्री काम भइरहेको जानकारी दिए । हेफरले बाख्रा र खसीबोका पालनलाई विशेष जोड दिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई