६ बैशाख २०८१, बिहिबार | April 19, 2024

किसान उत्पादन बजार ल्याउन महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’



बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा प्रदेशका १६ जिल्लाका लागि उक्त ‘भेइकल’ दिएको हो ।

प्रदेश एकका १ जिल्ला, प्रदेश दुईमा ५, बाग्मतीका ६, गण्डकीका ४, लुम्बिनीका १२ वटा कृषि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने बोलेरो जीप महिला सहकारीलाई हस्तान्तरण गरेको हो । कृषि एम्बुलेन्सको मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हस्तान्तरण गरे । हेफरले ४३ जिल्लामा २ लाख ७६ हजार भन्दा बढी गरिब तथा पछाडि परेका परिवारको क्षेत्रमा काम गर्दै आएको छ ।

‘कृषि एम्बुलेन्स’ले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर संकलन गरी बजारसम्म पु¥याउन सहयोग गर्छ । हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा. तिर्थराज रेग्मीले देशमा कृषि उत्पादन वृद्धिको लागि किसान संगठित गर्दै उत्पादन वृद्धिमा सहजीकरण गरेको बताए । उनले हेफरको कार्यक्रमले महिलाको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको बताए । सो अवसरमा बोल्दै मुख्यमन्त्री युवालाई कृषि उद्यममा लगाउन सकेन कृषि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।

‘अहिले नेपालका श्रम शक्तिको अभाव छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘व्यवसायमा प्रविधिलाई जोड दिँदै आधुनिक खेती प्रणालीबाट देशलाई अगाडि बढाए नेपालको कृषि क्षेत्रमा समृद्धि हाँसिल गर्न सकिन्छ ।’ पोखरेलले थपे, ‘कृषिमा धैयता आवश्यक छ त्यो धैयता महिलामा पुरूषमा भन्दा महिलामा बढी हुन्छ । महिलाले गरेको कृषि सफल पनि छन् ।

महिलालाई कृषिमा प्रोत्साहन गर्न आवश्यक छ ।’ कृषि प्रयोजनका लागि उपलब्ध गराइएका सवारी साधानको सही प्रयोग गर्न मुख्यमन्त्री पोखरेलले सचेत महिला सहकारीलाई सचेत समेत गराए । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले प्रदेश सरकारले कृषिमा भविश्व खोज्नेका लागि धेरै योजनाहरू ल्याएको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानले उत्पादन गरेको सबै उत्पादनको बजारको ग्यारेन्टी लिने गरी बुटवलमा कृषिमैत्री काम भइरहेको जानकारी दिए । हेफरले बाख्रा र खसीबोका पालनलाई विशेष जोड दिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ३६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी